विवादमा तानिएपछि यस्तो आयो मन्त्री किरातीको प्रष्टीकरण…

काठमाडौं  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती आफ्नै अभिव्यक्तिका  कारण विवादमा तानिएका छन् । काठमाडौंमा बुधबार  आयोजित क्रिस्चियन महोत्सवको कार्यक्रममा क्रिस्चियन धर्मको पक्षमा अभिव्यक्ति दिएपछि उनी बिबादमा परेका हुन् । संसारमा सबैभन्दा बढी क्रिस्चियन धर्म मान्नेहरु छन्, उनले भने तर उनले नेपालमा चाहिँ क्रिस्चियन माथि थिचोमिचो भएको छ । संसारले मानेको धर्म नेपालीले किन नमान्ने ।
मन्त्री किरातीले प्रधानमन्त्री पु्ष्पकमल दाहालले समेत जिसस क्राइस्टलाई मान्ने बताउँदै प्रचण्डलाई जिसससँग तुलना गरे । नेपालको संविधानले सबैलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता दिएको छ । क्रिस्चियनलाई मान्दिन भन्नेहरु संविधान विरोधी हुन् । देशद्रोही हुन् । उनीहरुलाई हतकडी लगाएर जेल हाल्ने हो’ किराँतीले भने ।
यता, आफ्नो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि मन्त्री किरातीले प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले बहसका लागि सबैलाई धन्यवाद । संविधानलाई पालना गर्दै भ्रातृत्व र सहिष्णुता कायम गरौ । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौं भन्ने आफ्नो जोड रहेको जिकिर गरेका छन् ।
मन्त्री किरातीको स्टाट्स यस्तो रहेको छ : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर