कश्मीरमा पाकिस्तानको भन्दा भारतको १८ गुणा बढी लगानी

काठमाडौं ।  कश्मीरमा  भारत र पाकिस्तानबीच सामाजिक–आर्थिक विकासको तुलना गरिएको छ।  भियनाको कश्मीर सांस्कृतिक केन्द्रका अनुसार भारतले आफ्नो क्षेत्र कश्मीरमा पाकिस्तान शासित कश्मीरको भन्दा १८ गुणा बढी लगानी गरेको छ। कश्मीर कल्चरल सेन्टर, भियनाले अस्ट्रियाको एसपीओ (सामाजिक प्रजातान्त्रिक पार्टी) सँग मिलेर कश्मीरको सामाजिक आर्थिक विकास विषयमा छलफल गरेको थियो।

सो कार्यक्रमको उद्घाटन सोसल डेमोक्र्याटिक पार्टी अफ अस्ट्रिया मार्किटानका संघीय शिक्षा निर्देशक वोल्गाङ मार्किटानले गरेका थिए र कश्मीर कल्चरल सेन्टर, भियनाका निर्देशक नईम खानले कश्मीरको क्षेत्रमा आफ्नो गहिरो चासोको बारेमा बताए।

नईम खानले भारत र पाकिस्तान शासित कश्मीर (पीओके) मा मानिसहरूको सामाजिक—आर्थिक विकासको तुलना गरेर तथ्याङ्क प्रस्तुत गरे। उनले समाजका विभिन्न क्षेत्र र अर्थतन्त्र दुवैतर्फको बजेट विनियोजन र वास्तविक खर्चबारे छलफल गरेका थिए। उनले भारतले कश्मीरमा पाकिस्तानले पीओकेमा खर्च गरेको रकमको तुलनामा १८ गुणा बढी खर्च गरेको बताए। उनले पीओकेमा विगत केही वर्षमा पूर्वाधार विकासमा कुनै लगानी नभएको उल्लेख गरे। उनले शिक्षामा पाकिस्तानको भन्दा भारतले दश गुणा बढी खर्च गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर