आज सुनको भाउ स्थिर

काठमाडौं  ।   सुनको भाउ आज भने स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १ हजार रुपैयाँले बढेको थियो ।  नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ४५० रुपैयाँ निर्धारण रहेको छ ।

यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेर १४ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ६५ रुपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर