काठमाडौंमा यो वर्षको सर्वाधिक चिसो, तराईमा हुस्सु

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज (बिहीबार) यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो। ‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउने उनले बताए। ‘त्यतिबेला अझ केही प्वइन्ट घट्छ कि’, उनले भने। हिजो बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।

यस्तै आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीले बताए। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।  देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद् अधिकारीका अनुसार बिहान ९ बजेदेखि भने घाम लाग्ने र हुस्सु हट्दै जाने सम्भावना छ। यतिबेला काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको मौसमविद् अधिकारीले बताए। ‘माथि-माथि अलि-अलि बादल लागेको छ, तर यो पानी पार्ने खालको बादल होइन’, उनले भने, ‘आज दिनभर काठमाडौं उपत्यकाको मौसम आंशिक बदलीकै अवस्थामा रहने अनुमान छ।’ मौसम आंशिक बदली हुँदा घाम लाग्छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी प्रदेशको मौसम भने यतिबेला सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली हुने छ। तर, अबको तीन दिनसम्म कतै वर्षा र हिमपातको सम्भावना भने देखिएको छैन। महाशाखाका अनुसार देशभरिको तापक्रम घट्ने क्रममा छ। सबैतिर तापक्रम घटेर चिसो बढ्ने भएकाले त्यसबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर