काठमाडौंमा दिन प्रतिदिन चिसो बढ्दै

काठमाडौं ।  काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि मंगलबार (पुस ३ गते) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.७ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर