एक हिजबुल्लाह लडाकुको मृत्यु

काठमाडौं । लेबनान–इजरायल सिमानामा भएको भिडन्तमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने सर्वसाधारण नागरिक घाइते भएका छन् । दक्षिणपूर्वी लेबनानी गाउँ अल–मारीमा इजरायली आक्रमणबाट एक्को मृत्यु हुनुका साथै केही सर्वसाधारण घाइते भएको बताइएको छ । पाँच घर ध्वस्त भएको छ भने अन्य २० घरमा क्षति पुगेको छ ।

हिजबुल्लाहले इजरायलमा हमासको आक्रमणको समर्थनमा इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेपछि अक्टोबर ८ देखि लेबनान–इजरायल सीमानामा तनाव बढेको थियो । हिजबुल्लाह र इजरायलबीचको भिडन्तमा लेबनानी पक्षमा १५८ मारिएका छन् । जसमा १११ हिजबुल्लाह सदस्यहरू, एक लेबनानी सेनाका सिपाही, अमल आन्दोलनका एक सदस्य, हमास र इस्लामिक जिहादका १६ सदस्य र २९ नागरिक मारिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर