एकदिवसीय शृङ्खला न्युजिल्याण्डलाई

काठमाडौं ।  बङगलादेशसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला न्युजिल्याण्डले जितेको छ । आज भएको दोस्रो एकदिवसीयमा बङगलादेशलाई ७ विकेटले हराउँदै शृङ्खला २–० ले जितेको हो । जितका लागि २ सय ९२ रनको लक्ष्य न्युजिल्याण्डले ४६ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका हेनरी निकोलसले सर्वाधिक ९५ रन जोडे । त्यस्तै विल योङ्ग ८९ रनमा र रचिन रविन्द्र ४५ आउट भए । टम लाथम ३४ र टम बुन्डेल २४ रनमा अविजित रहे । त्यसअघि बङगलादेशले सौम्य सरकारको शतकीय पारीमा ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय ९१ रन बनाएको थियो ।

सौम्य सरकारले १ सय ६९ रन बनाए । उनी बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डका जेकुब डफी र विलियम ओरुकेरले समान तीन विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड ४४ रनले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर