इंग्ल्याण्डले वेस्ट इण्डिजलाई ७५ रनले हरायो

काठमाडौं ।  वेस्ट इण्डिजविरुद्धको टी–२० सिरिजको चौथो खेलमा पाहुना टोली इंग्ल्याण्ड ७५ रनले विजयी भएको छ । योसँगै इंग्ल्याण्डले पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको छ ।

ऊ पहिलो र दोस्रो खेलमा क्रमशः ४ विकेट र १० रनले पराजित भयो । तेस्रो खेल भने इंग्ल्याण्डले ७ विकेटले जितेको थियो । बलिङ नचल्दा वेस्ट इण्डिजले पछिल्लो दुई खेलमा लगातार हारको सामना गर्‍यो । आज बिहान सम्पन्न चौथो टी–२० आईमा इंग्ल्याण्डले दिएको २ सय ६८ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इण्डिज १५.३ ओभरमा १ सय ९२ रनमा अलआउट भयो । उसका लागि आन्द्रे रसेलले २५ बलमा ५ छक्का र ३ चौकासहित सर्वाधिक ५१ रन बनाए ।

यस्तै, निकोलस पूरनले ३९, शेरफन रदरफोर्डले ३६, शाई होपले १६, अकिल होसेनले १५ र कायल मेयर्सले १२ रन जोडे । इंग्ल्याण्डका लागि रीस टोप्लेले तीन, साम करन, रेहान अहमदले दुई/दुई, मोइन अली र आदिल रशिदले एक/एक विकेट लिए । त्यसअघि ट्रिनिडाडस्थित ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६७ रन बनायो ।

उसका लागि ओपनिङ ब्याटर फिल साल्टले शतकीय इनिङ खेले । ५७ बलको सामना गरेका साल्टले १० छक्का र ७ चौकासहित १ सय १९ रन बनाए । उनको यो लगातार दोस्रो शतक हो । साल्टले अघिल्लो खेलमा ५६ बलमा अविजित १०९ रनको पारी खेलेका थिए । यस्तै, चौथो टी–२० आईमा कप्तान जोस बटलरले ५५, लियाम लिभिङस्टोनले अविजित ५४, विल ज्याक्सले २४ र ह्यारी ब्रुकले ६ रनको योगदान दिए ।

वेस्ट इण्डिजका लागि आन्द्रे रसेल, जेसन होल्डर र अलि होसेनले मात्र एक/एक विकेट लिन सके । वेस्ट इण्डिज र इंग्ल्याण्डबीचको निर्णायक तथा अन्तिम एकदिवसीय खेल शुक्रबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर