सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार मंगलबार साँझ पौने पाँचबजेतिर बेनिघाट रोराङ गाउँपालिका–९ लालटिन बजार नजिकै गएको सुख्खा पहिरोका कारण दुईतर्फी बाटो बन्द भएको छ । अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर