काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस

काठमाडौं  ।  काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि मंसिर २७ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको थियो । आज सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ६.७ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाले मंगलवार बिहान ३ दिने मौसम बुलेटिन सार्वजनिक गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली  रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर