ब्राजिलको क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको फाइनलमा

काठमाडौं ।  ब्राजिलियन क्लब फ्लुमिनेन्से फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा इजिप्टको क्लब अल अहलीलाई २-० गोल अन्तरले पराजित गर्दै फ्लुमिनेन्स फाइनलमा पुगेको हो  फ्लुमिनेन्सेको जितमा जोन अरिआस र जोन केन्नेडीले एक एक गोल गरेका थिए ।

अब फाइनलमा फ्लुमिनेन्सले दोस्रो सेमिफाइनलमा म्यानचेस्टर सिटी र उर्वा रेड डायमण्डबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजराती हुँदैछ । त्यस्तै फाइनल खेल डिसेम्बर २२ मा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर