चीनबाट प्याज आयात

काठमाडौं ।  भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका छन् । भारतले गत मंसिर अन्तिम सातादेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो । ९५ प्रतिशत प्याज भारतबाटै आइरहेकोमा प्रतिवन्धपछि बजारमा प्याजको अभाव भएको थियो । त्यसपछि नेपाली व्यापारीहरुले चीनबाट प्याज आयात गर्न थालेका हुन् ।

अहिले चीनको केरुङ हुदै प्याज आयात भइरहेको नेपाल कृषि उपज आलु प्याज आयात र निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । संघका अनुसार पहिलो चरणमा एकसय टन प्याज आयात हुन लागेकोमा ३० टनको लागि भन्सार प्रक्रिया पूरा भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर