चीनमा ५.९ म्याग्निच्युडको भूकम्पबाट सयभन्दा बढीको मृत्यु

काठमाडौं ।  चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ । समाचारमा जनाइएअनुसार उत्तर–पश्चिम गान्सु प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ ।

भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ। उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर