एकीकृत समाजवादी बैठकमा विधान संशोधनको प्रस्ताव पेश

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीको विधान संशोधन सम्बन्धी प्रस्ताव पेश भएको छ ।  पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमवार बसेको बैठकमा पार्टी सङ्गठन विभाग प्रमुख एवम् पार्टी उपाध्यक्ष वेदुराम भुसालले विधान संशोधन कार्यसमितिको तर्फबाट विधान संशोधनसम्बन्धी प्रस्ताव पेश गरेको थियो ।

पार्टीको यसअघि बसेको सचिवालय बैठकले भुसालको संयोजकत्वमा बनेको महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय विधान संशोधन कार्यसमिति गठन गरेको थियो ।

आजको सचिवालयको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव उपर नेताहरूले आफ्नो विचार राख्ने क्रम सुरु भएको र बैठक भोलि पनि जारी रहने नेता जीवनराम श्रेष्ठले जानकारी दिए  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर