नेपाल टेलिकम सञ्चालक समितिका सदस्य लामिछाने आमरण अनशनमा

काठमाडौं । नेपाल टेलिकम सञ्चालक समितिका सदस्य शंकर लामिछाने आमरण अनशनमा बसेका छन् । काठमाडौंको भद्रकालीस्थित नेपाल टेलिकमका प्रबन्ध निर्देशकको कार्यकक्ष बाहिर लामिछाने हिजोदेखि आमरण अनशनमा बसेका हुन् । नेपाल टेलिकमबाट सेवाग्राहीलाई दिइने सुविधा र संस्थानको समग्र सुधारको विषयमा सञ्चालक समितिले चासो नदिएको भन्दै उनी विरोधस्वरूप अनशनमा बसेको हो ।

संस्था, सेवाग्राही र कर्मचारीको सरोकारका विषय सञ्चालक समितिको बैठकमा छलफल हुन नसकेको र छलफल गर्ने सम्भावना पनि क्षीण हुँदै गएकोले सञ्चालक समितिलाई दवाब दिन अनशनको मार्ग रोज्नुपरेको लामिछानेले बताए । संस्था भित्रको कार्य संस्कृति, निर्णय गर्ने तौरतरिकामा सुधार तथा कम्पनी ऐनको मर्मअनुसार नेपाल टेलिकमको पूर्ण स्वायत्तताको माग पनि उनले राखेका छन्।

नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन ( NTEAN), नेपाल टेलिकम वर्कर्स युनियन (NTCWU), नेपाल टेलिकम कर्मचारी युनियन (NTEU) र नेपाल राष्ट्रिय कर्मचारी संगठन-नेपाल टेलिकम (NEONNT) ले आज प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । नेपाल टेलिकम देशकै उच्च करदाता संस्था हो । यसले पछिल्लो बर्ष करिब ८ अर्ब नाफा गरेको थियो । करिब ४ हजार कर्मचारी कार्यरत नेपाल टेलिकमको हाल कुनै ऋण छैन ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर