अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई विष खुवाएको हल्लासँगै पाकिस्तानमा इन्टरनेट बन्द

काठमाडौं । पाकिस्तानमा अचानक इन्टरनेट सेवा बन्द गरिएको छ । यसरी इन्टरनेट बन्द हुँदा अनेकौं अड्कलबाजी समेत लगाउन थालिएको छ ।

मुम्बई बम हमलाका मास्टर माइन्ड अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई पाकिस्तानमा विष खुवाएको आशङ्का गरिएको छ । दाउदलाई कराचीको एक अस्पतालमा भर्ती गराइएको छ । दाउदको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई अस्पताल भर्ती गराइएपछि अस्पताल नै किल्लामा परिणत भएको उल्लेख छ । यसैबीच पाकिस्तानमा रातको समयमा इन्टरनेट बन्द गरिएको थियो ।

साथै सामाजिक सञ्जाल वेबसाइटमाथि समेत प्रतिबन्ध लगाइएको थियो । अचानक इन्टरनेट बन्द भएपछि पाकिस्तानका कयौं पत्रकारहरूले दाबी गरेका छन् कि दाउद इब्राहिमलाई विष दिएको खबरलाई देखाउँदै इन्टरनेट बन्द गराइएको हो । यद्यपि दाउदलाई विष खुवाइएको हो वा होइन भन्ने कुराको अहिलेसम्म स्वतन्त्र पुष्टि भने भएको छैन । तर पाकिस्तानमा भने यसको निकै चर्चा भइरहेको छ । दाउद इब्राहिमलाई दुई दिन अघि अस्पतालमा भर्ना गराइएको रिपोर्टहरूमा दाबी गरिएको छ ।

उनलाई निकै कडा सुरक्षाबीच अस्पतालमा राखिएको छ । दाउद इब्राहिमलाई जुन तल्लामा राखिएको छ, त्यहाँ उनी एक्लै छन् । इन्डिया टुडेको रिपोर्ट अनुसार केवल अस्पतालका शीर्ष अधिकारी र निकटस्थ परिवारजनलाई मात्र भित्र जान दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर