नेकपा समाजवादीको सचिवालय बैठक आज

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । यसअघि मंसिर २८ गतेका लागि बोलाइएको बैठकमा नेताहरु विदेशमा रहेको भन्दै सारिएको बैठक आजदेखि बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय आलोकनगरमा आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेद्वारको मापदण्ड, पार्टीको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षालगायतमा छलफल गर्ने विभागप्रमुख जगन्नाथ खतिवडाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर