ब्राइटनलाई हराउँदै आर्सनल शीर्षस्थानमा 

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । इमिरेट्स स्टेडियममा ब्राइटनलाई २–० ले हराउँदै आर्सनल लिगको शीर्षस्थानमा फर्किएको हो ।

आर्सनलका लागि गाब्रियल जिसस र काइ हभार्ट्जले एक-एक गोल गरे । शीर्ष स्थानको आर्सनलले ३९ अङ्क बटुलेको छ । दोस्रो स्थानको लिभरपुल र तेस्रो स्थानको एस्टन भिल्लासँग समान ३८ अंक छ । ब्राइटन २६ अंकसहित तालिकाको नवौँ स्थानमा छ ।

गएरातिको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् । एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गर्यो । यस्तै, वेष्टहामले उल्भ्स्लाई ३–० गोलले पराजित ग-र्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर