सरकारले विद्युत खपत वृद्धि गर्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना स्वीकृत गरेको छ । गत मंसिर २८ गते बसेको बैठकले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु वासस्थान व्यवस्थापन कार्यविधि, हातहतियार खरखजना बाह्रौ संशोधन नियमावली पनि स्वीकृत गरेको छ ।

त्यसैगरी कर्जा सूचनासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने, राष्ट्रिय वृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने, नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्नेलगायतका निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर