युक्रेनपछि फिनल्यान्डसँग समस्या आउने पुटिनको चेतावनी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको प्रारम्भमा नाटोमा सामेल भएपछि छिमेकी मुलुक फिनल्यान्डसँग ‘समस्या’ हुने चेतावनी दिएको छ । उनले जवाफमा मस्कोले उत्तर–पश्चिम रुसमा नयाँ सैन्य जिल्ला बनाइने बताए ।

रुससँग एक हजार तीन सय ४० किलोमिटर सीमा साझा गर्ने फिनल्यान्ड यस वर्षको अप्रिलमा युक्रेन हमलाका बीच नाटोमा सामेल भएको थियो । “उनीहरू (पश्चिम) ले फिनल्यान्डलाई नाटोमा ताने, के हाम्रो तिनीहरूसँग कुनै विवाद छ ? बीसौँ शताब्दीको मध्यमा क्षेत्रीय विवादसहित सबै विवाद लामो समयदेखि सुल्झिसकेका छन्”, पुटिनले एक सरकारी टेलिभिजन रिपोर्टरसँग भने, “त्यहाँ कुनै समस्या थिएन, अब हुनेछ किनकी हामी लेनिनग्राड सैन्य जिल्ला बनाउने छौँ र त्यहाँ निश्चित सङ्ख्यामा सैन्य एकाइहरू केन्द्रित गर्नेछौँ ।”

फिनल्यान्डले रुसमाथि आप्रवासी सङ्कट उत्पन्न गरेको आरोप लगाउँदै रुससँगको आफ्नो सीमा पुनः बन्द गरेपछि पुटिनको उक्त टिप्पणी आएको हो । मस्कोले हेलसिन्की नाटोमा सामेल भएकोमा जवाफी कदम चाल्ने चेतावनी दिएको हो ।

रुससँग नाटो मुलुकहरूसँग युद्ध गर्नुपर्ने कुनै कारण नभएको पुटिनले बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै महिना यदि युक्रेनमा रुस युद्ध जित्न सफल भयो भने मस्को त्यहाँ ‘नरोकिने’ चेतावनी दिएको थियो । “रुसबारे गलत नीतिलाई औचित्य साबित गर्न यो बयानबाजी हो”, पुटिनले भने ।

मस्कोलाई नाटो मुलुकहरूसँग लड्न भूराजनीतिक, आर्थिक वा सैन्य दृष्टिले कुनै चासो नभएको उनले बताए । क्रेमलिनको युक्रेन अभियानले नाटोको पूर्वी हिस्सामा रुसी आक्रमणको डरलाई पुनः जागृत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर