सहकारी रकम हिनामिनामा दुई जना पक्राउ

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी रकम हिनामिना प्रकरणका आरोपी दुई जनालाई पक्राउ गरेको छ । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ११ घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बिरौंटामा बस्ने ४३ बर्षीय बुद्धिसागर पौडेल र नुवाकोट घर भई हाल पोखरा महानगरपालिका वडा नं. ८ बस्ने ३५ बर्षीय गोपाल खनाल रहेका छन् । खनाल सहकारीका सञ्चालक समितिका सदस्य सदस्य हुन् । खनाललाई मंसिर २८ गते र पौडेललाई २९ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि  पोखरा २२ घर भई हाल लेकसाईडमा व्यवसाय गरी बस्दै आएका राजु बराललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार प्रहरीले मित्र मिलन सहकारीको रकम हिनामिना आरोपमा हालसम्म पाँचजनालाई पक्राउ गरेको छ ।

सहकारी कै बचतकर्ताको रकम फिर्ता गर्न दिइएको चेक नसाटिएपछि बैंकिङ कसुरमा सहकारीका अध्यक्ष रमण पौडेल र कर्मचारी किरण अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । पोखराको नयाँबजारस्थित सहकारीले बचतकर्ताको २६ करोड ८३ लाख रुपैयाँ हिनामिना गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । सहकारीको रकम हिनामिना प्रकरणमा केही व्यक्ति फरार भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर