बलम्बुबाट २५ किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं ।  प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको बलम्बुबाट दुई जनालाई पक्राउ गरेको छ ।

२५ किलो चरेस करोबार गरिरहेको बेला उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धादिङ गल्छीका भीमबहादुर तामाङ र कान्छा तामाङ रहेका ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । यस्तै, हिजै अमेरिकाबाट पार्सल गरी ल्याइएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको थपलियाले जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर