प्रिमियर लिग : म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस बराबर

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेससँग बराबरी खेलेको छ ।

सिटीले क्रिस्टल प्यालेससँग २ गोलको अग्रता जोगाउन सकेन । सिटीले खेलको २४औँ र ५४औँ मिनेटमा गोल गरी अग्रता बनाएको थियो । तर खेलको अन्त्यतिर क्रिस्टल प्यालेस बराबरी गर्न सफल भयो । उसले खेलको ७६औँ र इन्जुरी समयमा गोल गर्यो । बराबरीपछि सिटी १७ खेलमा ३४ अङ्कसहित चौथो स्थानमा नै छ ।

क्रिस्टल प्यालेस समान खेलमा १७ अङ्कसहित १५औँ स्थानमा छ । अरु खेलमा टोटनहमले नटिङ्घम फरेस्टलाई र चेल्सीले सेफिल्ड युनाइटेडलाई, एभर्टनले बर्नलीलाई २–० गोलले हराएको छ । त्यस्तै, न्युक्यासलले फुलहमलाई ३–० गोलले हरायो ।

बर्नमाउथ र लुटन टाउनबीचको खेलमा लुटन टाउनका कप्तानलाई खेलकै क्रममा हृदयघात भएपछि खेल एक/एकको बराबरीकै अवस्थामा रोकिएको छ । क्लबले कप्तानको अवस्था सुधारउन्मुख रहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर