९५ क्विन्टल अन्न प्रयोग गरेर सीतारामको प्रतिमा तयार

काठमाडौं ।  विश्व कीर्तिमानी सीतारामको प्रतिमा तयार पार्ने कार्य सम्पन्न भएको छ।  जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको सीतारामको प्रतिमा तयार पारिएको हो।   जनकपुरधामस्थित  रंगभूमि मैदान (बाह्र बिघा) मा सोमबारदेखि बनाउन सुरु गरिएको श्री सीतारामको प्रतिमा शुक्रबार साँझ सम्पन्न भएको छ।

उक्त प्रतिमा पूर्ण रूपमा तयार भएपछि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले औपचारिक रूपमा रिबन काटेर प्रतिमा उद्घाटन गरेका थिए ।  प्रतिमा सुरक्षामा जनकपुरधामका नगर प्रहरी खटिएका छन् भने उक्त सुरक्षा घेराभित्र रहेर तीन दिन शनिबार, आइतबार र सोमबारसम्म हेर्न पाइने र मंगलबारदेखि प्रतिमा प्रयोग भएका अन्न उठाइने उपमहानगर प्रमुख साहले जानकारी दिए ।

एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिने अनुमान गरिए पनि सीतारामको उक्त प्रतिमा निर्माणमा ९५ क्विन्टल ११ प्रकारका अन्न प्रयोग भएको छ।  प्रतिमामा अन्न थप्ने कार्य पनि जारी रहेका कारण थप अन्न प्रयोग गरिने प्रतिमा निर्माण समितिका सदस्य तथा उद्योग वाणिज्य सङ्घ जनकपुरधामका कोषाध्यक्ष परमेश्वर साहले बताए।  सोमबारबाट सुरु गरिएको प्रतिमा निर्माण कार्य पाँच दिनमा सम्पन्न भएको प्रतिमा निर्माण प्रमुख कलाकार सतिश गुर्जरले बताए ।

प्रत्येक वर्ष जनकपुरधाममा हुने विवाह पञ्चमीको अवसर पारेर धार्मिक ऐतिहासिक शहर जनकपुरधामलाई विश्वभर चिनाउन विश्व कीर्तिमान कायम गर्न ११ प्रकारका अन्न प्रयोग गरेर २१ लाख २३ हजार रुपैयाँको लागतमा प्रतिमा बनाएको समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिए  ।  भारतमा बनाइएको प्रतिमाको रेकर्ड तोड्दै उक्त प्रतिमाले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा ठाउँ बनाउने विश्वास गरिएको छ।  यसअघि भारत उत्तर प्रदेशको अयोध्यामा सोही आकारको प्रतिमा बनाएर रेकर्ड बनाएका कालाकारलाई नै बोलाएर जनकपुरधाममा प्रतिमा बनाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर