हार्दिक बने मुम्बईका नयाँ कप्तान

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा मुम्बई इन्डियन्सले हार्दिक पाण्डेयालाई नयाँ कप्तान बनाएको छ ।

आईपीएलको अक्सनको केही दिन अघि मुम्बईले नयाँ कप्तानको घोषणा गरेको हो ।  हार्दिकले मुम्बई इन्डियन्समा रोहित शर्माको स्थान लिनेछन् । रोहितले मुम्बईलाई ५ आईपीएलको उपाधि जिताएका थिए । मुम्बई इन्डियन्सले बिज्ञप्ति जारी गर्दै यसको घोषणा गरेको हो ।

मुम्बई इन्डियन्सका ग्लोबल पर्फमेन्स हेड महेला जयबर्धनेले भनेका छन्, ‘यो विरास निर्माण र भविष्यका लागि तयार रहने मुम्बईको नीतिलाई देखाउँछ । मुम्बईले सचिनदेखि हरभजन र रिकीदेखि रोहितसम्मको असाधारण नेतृत्वकर्ताको आशिर्वाद पाएको छ ।’

गुजरात टाइटन्सबाट हार्दिकलाई मोटो रकम तिरेर मुम्बईले यसै सिजन फिर्ता ल्याएको थियो । उनको आगमनसँगै मुम्बईको नयाँ कप्तानको विषयमा धेरै अडकलबाजी सुरु भएको थियो ।

हार्दिकलाई कप्तान बनाउने निर्णयले मुम्बईको आन्तरिक टिम संयोजनमा धेरै फेलबदल हुन सक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर