धरान बन्दले सर्वसाधारणलाई सास्ती

काठमाडौं । प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त सङ्घर्ष समितिले विभिन्न जिल्लामा पक्राउ गरिएका कार्यकर्ताहरुको रिहाइको माग गर्दै बन्द गर्ने क्रममा धरानबाट थप ५ जना पक्राउ परेको छ ।

पक्राउ परेको पहिचानवादीहरुलाई रिहाईको माग गर्दै मङ्सिर ३० र पुस १ गते सम्म कोशी प्रदेशमा यातायात बन्दको क्रममा धरानबाट प्रहरीले ५ जना पहिचानवादी नेता, कार्यकर्तालाई पक्राउ गरेको जनता समाजवादी राष्ट्रिय नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्ष जेन्टल लिम्बुले बताए ।

पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सीताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । पक्राउ गरिएको पहिचानवादीहरुको बिनाशर्त रिहाई हुनुपर्ने नभए अझ चर्को आन्दोलन गर्ने अध्यक्ष लिम्बुले बताए । बन्दले धरान सुनसान रहेको छ, भानुचोक वरपर साना ठुला दुई पाङ्ग्रे, चार पाङ्ग्रे सवारीसाधन चलाउन पहिचानवादीहरुले रोक लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर