स्वास्थ्य बीमा : दीर्घरोगीका बिरामीले तीन महिनाका लागि औषधी पाउने

काठमाडौँ । स्वास्थ्य बीमामार्फत औषधी सेवन गरिरहेका बिरामीले अब तीन महिनाको औषधी एकै पटक पाउने भएका छन् । यसअघि स्वास्थ्य बीमामार्फत नियमित औषधी सेवन गरिरहेका बिरामीले एक महिनाको मात्र औषधी पाउने गर्थे । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त भएपछि बसेको पहिलो बैठकले दीर्घरोगी बिरामीले एक महिनाका लागि मात्र औषधी पाउने गरेकामा अबदेखि तीन महिनाका लागि औषधी पाउने निर्णय गरेको हो ।

एक महिनाको मात्र औषधी पाउँदा दुर्गम जिल्लाबाट स्वास्थ्य बीमाबापत औषधी लिइरहेका बिरामी समस्यामा परेका थिए । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिरामीको समस्यालाई ध्यानमा राखी तीन महिनालाई पुग्ने औषधी एकै पटक दिने व्यवस्था गरिएको जानकारी दि ए ।

डा. लोहनीले योसहित विभिन्न आठबुँदे निर्णय पनि गरिएको बताए । बोर्डका अध्यक्ष लोहनीले बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले बिमितले पाउने सुविधाको थैलीमा पर्ने औषधीको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको बताउनुभयो । औषधीको शुल्क तीन वर्षमा समायोजन गर्ने भनिए पनि अहिलेसम्म गरिएको थिएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर