चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरपालिकाको नवनिर्मित भवनको हिजो (शुक्रबार) उद्घाटन गरेका छन् ।
चाँगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ रुपैयाँको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
भवन उद्घाटन समारोहमा मेयर खत्रीले विकास–निर्माणको साझा भएकाले विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै उनले नगरपालिकाको नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सजिलो हुने उल्लेख गरे । नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड, केन्द्र सरकारबाट सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्था गरिएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर