हङ्गेरीका प्रधानमन्त्री ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध

काठमाडौं । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले शुक्रबार युक्रेनका लागि युरोपेली युनियनको ५० अर्ब युरो सहयोगलाई रोकेका छन् । यद्यपि नेताहरू उनको विरोधलाई किनारा लगाउँदै किएभलाई इयु गठबन्धनमा समावेश गर्ने सम्बन्धमा छलफल सुरु गर्न सहमत भएका छन् ।

हङ्गेरीका अधिनायकवादी नेता ओर्बानले आगामी चार वर्षमा युक्रेन सरकारलाई वित्तीय सहयोग गर्न अस्वीकार गरेपछि ब्रसेल्समा सङ्कटपूर्ण शिखर सम्मेलन एक दिनको झगडापछि भङ्ग भयो । ओर्बानले सामाजिक सञ्जालमा लेखेका छन्, “नाइटसिफ्टको सारांश ः युक्रेनलाई अतिरिक्त पैसाका लागि भिटो ।”

इयुका अन्य २६ नेता किएभलाई अत्यन्त आवश्यक समर्थनमा सम्झौतालाई अगाडि बढाउने प्रयास गर्न आगामी वर्षको सुरुमा नयाँ बैठकमा बहसमा फर्कन सहमत भएका छन् । “२६ देशसँग हामी सहमत छौँ, अहिले हङ्गेरीबाट कुनै सम्झौता भएको छैन तर म आगामी वर्षका लागि धेरै विश्वस्त छु”, डच प्रधानमन्त्री मार्क रुटेले भने ।

सदस्यता वार्ता सुरु गर्नका लागि सहमत हुने इयुको प्रतीकात्मक कदमलाई लिएर खुशीयाली मनाएको बेला वित्तीय सहयोगका लागि इयुमा रुसको सबैभन्दा असल मित्र तथा हङ्गेरीका राष्ट्रवादी नेता ओर्बानको अवरोधले किएभ र उसका समर्थकहरूलाई चोट पुर्‍याएको छ । अमेरिकाको सहयोगमाथि आशङ्का बढिरहेको बेला किएभले तत्काल उसका पश्चिमी सहयोगीहरूबाट सहयोग कम हुँदै गएको बताएको छ ।

ओर्बनले पनि छलफल सुरु गर्न विरोध गरेको थियो तर इयुका अन्य नेताहरूलाई आफूबिना सर्वसम्मतिले निर्णय लिन अनुमति दिन वार्ता कक्षबाट बाहिर निस्किन उनी सहमत भएको थियो । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा अनुभवी नेताले ‘पूर्णरूपमा मूर्खतापूर्ण, तर्कहीन र गलत निर्णय’ को भर्त्सना गर्दै ‘अन्य २६ देशले उक्त निर्णय लिन आग्रह गरेको’ गुनासो गरे ।

एउटा महत्त्वपूर्ण क्षणका रूपमा माल्दोभासँग सम्मिलित वार्ता सुरु गर्न सहमति समावेश भएको कदमको अन्य युरोपली नेताहरूले स्वागत गरेका छन् । इस्टोनियाका प्रधानमन्त्री काजा कालासले लेखेका छन्, “ऐतिहासिक दिन १ सबै अवरोधविरुद्ध हामीले निर्णय हासिल ग–र्यौँ ।”

अत्यन्त सन्तुलित शिखर सम्मेलनमा सहभागी नभएका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त निर्णयप्रति भने, “उत्प्रेरित, प्रेरणा र मजबुत बनाउने विजय ।” माल्दोभाका राष्ट्रपति माइया सान्डुले भने, “मेरो देशले इयुमा सम्मिलित वार्ताका लागि अगाडि बढेसँगै आज नयाँ पृष्ठ बदलेको छ, माल्दोभा चुनौतीको सामना गर्न तयार छ ।”

युक्रेनको समर्थनमा अमेरिकी रिपब्लिकनहरूको विरोधको सामना गरिरहेको ह्वाइट हाउसले ‘ऐतिहासिक निर्णय’ को स्वागत गरेको छ । किएभसँग सदस्यता वार्ता सुरु गर्ने सम्झौताको अर्थ युक्रेन चाँडै इयुमा सामेल हुनेछ भन्ने होइन । हङ्गेरीका प्रधानमन्त्री ओर्बानलाई प्रक्रियालाई पुनः रोक्ने पर्याप्त अवसर दिँदै वार्ता सुरु गर्नुअघि इयु राष्ट्रहरू वार्ता ढाँचामा सहमत हुनुपर्नेछ ।

धेरैजसो इयुका नेताहरूले यो साता शिखर सम्मेलनबाट रुसले युक्रेनमाथि चौतर्फी आक्रमण सुरु गरेको २२ महिनापछि युक्रेनलाई ऐक्यबद्धताको सङ्केत दिन चाहन्थे तर यसका लागि कुनै पनि निर्णय सर्वसम्मत हुनुपर्छ वा कम्तीमा पनि निर्विरोध हुनुपर्छ । ओर्बानले सुरुमै वित्तीय कोषमााथि निर्णय गर्नका लागि युरोपेली निर्वाचनहरूसम्म प्रतीक्षा गर्न सकिनेमा जोड दिए ।
आलोचकहरूले हङ्गेरीका नेतामाथि कानुनी विवादका कारण रोक्का गरिएको इयु कोषको अर्बौं युरो जारी गर्न ब्रसेल्सलाई दबाब दिनका लागि किएभको अस्तित्वलाई बन्धक बनाएको आरोप लगाएका छन् । यसलाई केही मानिसले अन्तिम समयमा अनुदानका रूपमा हेरेका छन् । युरोपेली आयोग र इयुका कार्यकारीले बुधबार उक्त नगदको १० अर्ब युरो खोल्न सहमति व्यक्त गरेका छन् ।

अरु २१ अर्ब युरो अहिले पनि ओर्बानको नियन्त्रण बाहिर छ तर उनले हङ्गेरीले नगद र उसको युक्रेनप्रतिको अडानबीच सम्बन्ध बनाएको कुरालाई अस्वीकार गरे । उनले भने, “यो हाम्रो शैली होइन ।”

जेलेन्स्कीले भिडियो लिङ्कमार्फत भावपूर्ण बिन्तीमा पहिला नेताहरूसँग भने, “अब आधा उपाय वा हिचकिचाउने समय होइन ।” उनले युक्रेनसँग सदस्यता वार्ता सुरु गर्न असफल भए यसलाई ‘पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) ले व्यक्तिगतरूपमा तपाईं र सम्पूर्ण युरोपविरुद्ध प्रयोग गर्नुहुनेछ’ भने, । “उहाँलाई यो वर्षको पहिलो र एकमात्र विजय हुन नदिनुहोस”, उनले भने ।

पहिला अमेरिकी कांग्रेसमा वासिङ्टनको समर्थन खतरामा देखेका इयुका अन्य नेताहरूले ओर्बानभन्दा फरक धारणा राख्दै एकताको आवश्यकता र युक्रेनलाई सहयोगको एउटा बलियो सङ्केत पठाउन जोड दिएको थियो । नेताहरूले रुसको आकर्षक हिराको निर्यातलाई लक्षित गर्दै र तेल मूल्यमा कडाइ गर्न मस्कोमाथि १२औँ चरणको प्रतिबन्धमा सहमति जनाए । यद्यपि, युक्रेनको रणभूमिमा ग्रीष्मकालीन जवाफी हमलामा असफल भएपछि किएभका लागि आशाजनक देखिँदैन । पुटिनले बिहीबार युक्रेनमा उनको छ लाख १७ हजार सैनिक रहेको र रुसको स्थितिमा सुधार भइरहेको दाबी गरेको थियो ।

ब्रसेल्सस्थित नाटो मुख्यालयमा महासचिव जेन्स स्टोलटेनबर्गले युरोपको बाँकी भागको रक्षाका लागि पश्चिमले युक्रेनको समर्थनलाई जारी राख्नुपर्ने चेतावनी दिएको थियो । “यदि पुटिनले युक्रेनमा विजय हासिल गर्नुभयो भने उहाँको आक्रामकता त्यहीँ समाप्त हुनेछैन भन्ने वास्तविक जोखिम छ, हाम्रो समर्थन दान होइन–यो हाम्रो सुरक्षामा लगानी हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर