भारतको औद्योगिक उत्पादन ११.७ प्रतिशतले बढ्यो
काठमाडौं । औद्योगिक उत्पादन सूचकाङ्क (आईआईपी) द्वारा निर्धारण गरिएको भारतको कारखाना गतिविधि वृद्धि अक्टोबरमा ११.७ प्रतिशतले बढेको छ । यो पछिल्लो १६ महिना यताकै ठूलो हो ।
मुख्यतया खानी, उत्पादन र विद्युत् क्षेत्रले देखाएको राम्रो कार्यसम्पादनमा वृद्धि भएको हो । उपभोगमा आधारित वर्गीकरणअनुसार अक्टोबर महिनामा प्राथमिक वस्तुको परिसूचक १४६.१, पुँजीगत वस्तुमा १०६.९, मध्यवर्ती वस्तुको परिसूचक १५७.८ र पूर्वाधार निर्माणका वस्तुको परिसूचक १७३.९ रहेको मन्त्रालयले जनाएको छ । टिकाउ वस्तुहरू अक्टोबरका लागि क्रमशः १२३.० र १४१.५ छ । सेप्टेम्बरमा आईआईपीले ५.८ प्रतिशतको वृद्धि भएको जनाएको थियो ।
प्रतिक्रिया