कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । महासमिति बैठकसहित विविध विषयमा छलफल गर्न बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठक आज दिउँसो १२ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुने उनले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा उठाउने उम्मेदवारको विषयमा समेत कांग्रेसमा छलफल हुने बुझिएको छ । यस अघि पटक-पटक सार्दै आएको महासमिति बैठकलाई कांग्रेसले फेरि पनि सार्ने तयारी गरेको छ । जाडो बढेको, राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै कांग्रेसले महासमिति बैठक सार्ने तयारी गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर