स्कर्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  प्युठानको ऐरावती गाउँपालिका –२, बरौलामा जन्ती बोकेको स्कर्पियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्वरको जिप आज बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा मल्लरानी गाउँपालिका –३ का वडा सदस्य ५२ वर्षीय दामोदर नेपालीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए । उनका अनुसार जिपको टायर पञ्चर भएर जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा पाँच जना घाइते भएको र जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर