ओलीमाथि अभद्र व्यवहार गर्न खोज्ने एकजना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्रा बिहीबार धनकुटा आइपुगेको छ ।
लेगुवामा ज्येष्ठ नागरिक तथा कार्यकर्तासँगको भेटघाटपछि यात्रा धनकुटाको पाख्रीबासतर्फ लागेको छ । कार्यक्रम अवरोध गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वागतको लाइनमा बसेका स्थानीय महेश राईले अभद्र व्यवहार गर्न खोजेको भन्दै नियन्त्रणमा लिएको धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

यसैबीच पहिचानवादीले अवरोध गर्न सक्ने भन्दै धनकुटाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । कार्यक्रमलाई अवरोध गर्न सक्ने भन्दै बुधबार लेगुवाबाट पहिचानवादी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर