मिसन ८४ नेपाली जनताको हाे : अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उgले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए । उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र पक्षपात नगर्ने हुनुपर्नेमा जोड दिए  । गत मङ्सिर १४ गतेदेखि सुरु भएको सङ्कल्प यात्राअन्तर्गत बुधबार भोजपुर आइपुगेको टोली भोजपुरको पूर्वका गाउँपालिकामा हुने भेटघाट कार्यक्रममा सहभागी भएर आज धनकुटा हुँदै तेह्रथुम पुग्ने कार्यक्रम रहेको छ । ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर