बाँकेमा शीतलहरबाट जोगाउन आगो बाल्ने व्यवस्था

काठमाडौं ।  जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले शीतलहरबाट जोगाउन जिल्लाका विभिन्न चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको बैठकले सो निर्णय गर्दै शीतलहरबाट सर्वसाधारणलाई जोगाउन पूर्वतयारी सुरु गरेको हो ।

त्यसका लागि स्थानीय तहहरुले डिभिजन वन कार्यालय वा नजिकको सब डिभिजन वन कार्यालय र वन उपभोक्ता समितिसँग समन्वय गरी स्थानीय सामुदायिक वनमार्फत आवश्यक दाउरा उपलब्ध गराउने, दाउरा उपलब्ध गराउदा सहुलियत दररेटमा समेत उपलब्ध गराउने निर्णय गरेको समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । चिसो तथा शीतलहर चलेको बेला चोक तथा चहलपहल हुने स्थानमा आगो बाल्ने निर्णयलाई स्थानीयले सकारात्मक रुपमा लिएर सो निर्णयको स्वागत गरेका छन् । सामाजिक अगुवा कृष्णप्रसाद श्रेष्ठले शीतलहर र चिसोबाट जोगिन यसरी पहिले नै पूर्वतयारी भएकोमा खुशी व्यक्त गर्दै निर्णय कार्यान्वयनमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर