घरजग्गाको कारोबार वृद्धि हुने अर्थमन्त्रीको दावी

काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले बैंक तथा वित्तीय संस्थासहित समग्र अर्थतन्त्रमा सकारात्मक प्रभााव पार्ने बताएका छन् । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको उनको भनाई छ ।
अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले मौद्रिक नीतिको सकारात्मक प्रभाव अर्थतन्त्रमा पनि पर्ने बताएका छन् । ब्याजदर घटाउने गरी मौद्रिक नीतिको समीक्षा आएको बताउँदै अर्थमन्त्री महतले अब कर्जा विस्तार पनि बढ्दै जाने उल्लेख गरेका छन् ।
जसका कारण सेयर बजारसँगै अब घरजग्गाको कारोबारमा पनि वृद्धि हुने उनको भनाई छ । समग्रमा मुलुकको अर्थतन्त्रले सकारात्मक बाटो समाएको र मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्र थप चलायमान हुने अर्थमन्त्रीको विश्लेषण रहको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर