अभियन्ता ईः को प्रदर्शनमा स्थानीयबासिन्दाको अवरोध

काठमाडौं ।  फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध अभियन्ता ईः ले गरेको प्रदर्शनमा स्थानीयबासिन्दाले अवरोध गरेका छन् । स्थानीयबासिन्दाले अवरोध गरेपछि अभियन्ता ईः र उनका समर्थकहरुले प्रहरीको घेरामा ललितपुर महानगरपालिकाको भवन पुल्चोक अगाडि उभिएर प्रदर्शन गरेका थिए ।

ललितपुर महानगरपालिकाले पैदल यात्रु तथा गाडी ओहोरदोहोरमा अवरोध पुगेको भन्दै गएको मङ्सिर २४ गतेदेखि लगनखेल–मङ्गलबजार सडकमा बिहान र बेलुका राखिने फुटपाथ पसललाई रोक लगाएको छ । अभियन्ता ईः र उनका समर्थकहरुले फुटपाथ व्यवसायलाई निषेध नभई व्यवस्थापनका वैकल्पिक उपायहरु अपनाउन माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर