संघीय संसद्को कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

काठमाडौं ।  संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएको छ । सभामुख देवराज घिमिरेले पाण्डेलाई संघीय संसदको कार्यवाहक महासचिव नियुक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेको नाम सिफारिस गरेका थिए । आज राष्ट्रिय सभा अध्यक्षसँगको परामर्शमा सभामुखले पाण्डेलाई नियुक्त गरेको हो ।

प्रशासनिक नेतृत्व नहुँदा सङ्घीय संसद् दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको हो ।

सभामुखले महासचिव नियुक्तिमा भएका ढिलाइ वा चासोबारे राष्ट्रपतिसँग संवाद गर्न चाहे पनि सम्भव नभएको सभामुखको सचिवालयले जनाएको छ । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसद्को महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर