युनाइटेड च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं ।  म्यानचेस्टर युनाइटेडको खराब सिजन मंगलबार पनि कायम रह्यो । युनाइटेड बायर्न म्युनिखको हातबाट ओल्ड ट्रायफोर्डमा १–० ले पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरियो । प्रतियोगितामा कायम रहन युनाइटेडलाई यो खेल जितेर मात्र पुग्दैन थियो । समूह ‘ए’ को अर्को खेलको नतिजा पनि उसको अनुकूल आउन आवश्यक थियो । त्यस खेलमा एफसी कोपनहेगनले गालातासारेलाई १–० ले हरायो र युनाइटेड समूहको अन्तिम स्थानमा रह्यो ।

बायर्नको जितमा किङ्ग्सी कोमनले निर्णायक गोल गरे । बायर्नसँगै कोपनहेगन नकआउट चरण पुग्यो । समूह ‘बी’ मा आर्सनलसँग पीएसभी आयनहोभन अर्को चरण पुग्यो । यसअघि नै अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको आर्सनलले आयनहोभनसँग १–१ को बराबरी खेल्यो ।

समूह ‘सी’ मा रियल म्याड्रिड र नेपोली अगाडि बढ्ने निश्चित भइसकेको थियो । लिग चरणको अन्तिम खेलमा रियलले युनियन बर्लिनलाई ३–२ र नेपोलीले स्पोर्टिङ ब्रागलाई २–० ले हरायो । यस्तै समूह ‘डी’ मा पनि रियल सोसिडाड र इन्टर मिलानले नकआउट चरण पुग्ने निश्चित भइसकेको थियो । इन्टर र सोसिडाडबीचको खेल गोलरहित बराबरी रह्यो भने बनेफिकाकाले तेस्रो स्थानमा रहन आरबी साल्सबर्गलाई ३–१ ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर