पहिचानवादीद्वारा कोशीका मुख्यमन्त्रीको गाडीमाथि ढुंगा प्रहार

काठमाडौं । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कोशी प्रदेश प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान आज कोशी प्रदेश प्रवेश गरेको हो ।

कोशी प्रदेशको पश्चिमी सीमा उदयपुरको कटारी नगरपालिका वडा नं १४ को घुर्मी बजारमा बागमती प्रदेश एमालेले यात्राको जिम्मा कोशी प्रदेश एमालेलाई लगाएको एमाले कोशी प्रदेशका सचिवालय सदस्य ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस अवसरमा टोलीलाई एमालेको प्रदेश कमिटी, उदयपुर जिल्ला कमिटी, कटारी नगर कमिटीले घुर्मीमा स्वागत गरेको एमाले नगर कमिटी अध्यक्ष सञ्जीव कार्कीले बताए ।

यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा दर्जन बढी संख्याका पहिचानवादीले नाराबाजीसहित ढुंगा हानेका छन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन झापाको दमक पुगेका मुख्यमन्त्री कार्की सवार गाडीलाई रोकेर पहिचानवादीहरूले ढुंगा हानेका हुन् ।

गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो । किरात प्रदेशको पक्षमा रहेका पहिचानवादीहरूले कालो झन्डा देखाउँदै कार्कीविरुद्ध नाराबाजी पनि गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर