धादिङमा किलोको पाँच रुपैयाँमा पनि बिकेन गोलभेडा !

काठमाडौं । दक्षिण धादिङस्थित बेनीघाट रोराङ्ग गाउँपालिकाको दुम्लीङ्गका चेपाङ्ग समुदायका किसानहरुले यस वर्ष तरकारी बारीमा नै छाडेका छन् । विशेषगरी गोलभेडा उत्पादनमा लागेका किसानहरुले उत्पादनको मूल्य नपाउँदा गोलभेडा बारीमा नै छाडिदिएका हुन् । अहिले किसानले प्रति किलो गोलभेडाको पाँच रुपैया पाउने गरेका छन् भने त्यो मूल्यमा बिक्री गर्न बजार लग्दा उनीहरुले बजारसम्म लग्ने गाडी भाडासमेत नआउने भएपछि उनीहरु थप समस्यामा परेका हुन् ।

अहिले बारीभरी नै गोलभेडा राताम्य भइ पाकेका छन् । बजार नपाउने समस्या त छँदैछ चिसो मौसमका कारण बोट सुक्दै जाने र गोलभेडा कुहिँदैसमेत जान थालेका छन्। एउटै किसान परिवारको करिब तीस रोपनी जमिनमा लगाएको गोलभेडा खेती अहिले त्यतिकै खेर गएको हो । विगतमा एक रोपनी जमिनमा गरिएको गोलभेडा खेतीबाट किसानले साठीदेखि असी हजारसम्म आम्दानी गर्थे । समिान्तकृत चेपाङ्ग समुदायका मानिसहरुको जीवनस्तर उकास्नका लागी स्थानीय तहलगायत राज्यका सबै तहले विभिन्न कार्यक्रमहरु त लागू ग¥यो तर कृषि पेशामा लागेका उनीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणमा भने कसैले चासो नदेखाउँदा उक्त अवस्था आएको हो । मकै बालीपछि दोस्रो मुख्य बालीको रुपमा गोलभेडा खेतीलाई उनीहरूले लिँदै आएका छन् । (तस्बिरःसांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर