रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर छलफल आवश्यक भएकाले उक्त विषयमा आजको बैठक केन्द्रित हुने रास्वपाले जनाएको छ ।

बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर