मौसम : हिमाली भेगमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं ।  देशका उच्च भेगमा आज हिमपात भएको छ भने तराईका केही भेगमा विहानैदेखि हुस्सु तथा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर