हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गर्ने भएको छ । वन क्षेत्रबाट बस्ती प्रवेश गर्न थालेपछि निकुञ्जले हात्तीलाई रेडियो कलर जडान गरेर निगरानी गर्न लागेको हो ।

विगत केही वर्षयता शान्त रहेको ध्रुवे तिहारअघिदेखि बस्तीमा पस्न थालेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार रेडियो कलर जडानका लागि निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको छ ।

हात्तीलाई रेडियो कलर जडान गर्नका आवश्यकताअनुसार जनशक्ति परिचालन गर्ने गरी टोली खटाइएको छ । उनले भने, ‘हात्ती देखिएमा खबर गर्न निकुञ्ज आसपास बसोबास गर्दै आएका समुदाय र निकुञ्ज सुरक्षार्थ रहेका सेनाको पोस्टमा सूचना गरिएको छ ।’ अरू हात्तीभन्दा चलाख भएकाले ध्रुवेलाई रेडियो कलर जडान गर्न कठिन भएको उनले बताए । हात्तीलाई खुला चौर र घाँसे मैदानमा लगरे बेहोस बनाई यो कलर जडान गर्नुपर्ने भएकाले समस्या भएको उनले बताए ।

यस हात्तीले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको पनि तिवारीले बताए । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको थियो । यसलाई रेडियो कलर जडान गरेपछि हात्ती कहाँ छ र के गर्दैछ भन्ने विषयमा निकुञ्जले सहजै निगरानी गर्न सक्ने छ ।

तिवारीले भने, ‘रेडियो कलर जडान गरेसँगै बस्ती पस्न लागेको भए नागरिकलाई सूचना गर्न सहज हुनेछ ।’ यस हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको अनुमान छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर