फिल्म ‘११ः५५’को छायाङ्कन सुरु

काठमाडौं । केशव पाण्डेको निर्देशन रहने फिल्म ‘११ः५५’को छायाङ्कन सुरु भएको छ । शनिबार साँझ रानीवनमा फिल्मको एक एक्सन दृश्य छायाङ्कन गर्दै फिल्म सुरु गरिएको हो । फिल्मका लागि सागर खनाल र एमएस अग्रजले पहिलो दृश्य दिए ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबिच घोषणा भएको फिल्ममा निर्देशक पाण्डेकै कथा रहेको छ । महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिश्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रज लगायतको अभिनय रहने फिल्मको पटकथा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले तयार पारेका हसन् । क्राइम, थ्रिलर विधामा फिल्म निर्माण हुन लागेको हो ।

विचित्र फिल्मस्सँग गुड जब आर्ट्सको निर्माण सहकार्य रहेको फिल्ममा श्याम शर्मा र सरोजा शर्मा निर्माता तथा जुनानाथ सापकोटा सह निर्माता रहेका छन् । प्रद्युम्न मिश्रको छायाङ्कन, पासाङ दावा शेर्पाको सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यको सङ्गीत, कविराज गहतराजको नृत्य निर्देशन, देव महर्जनको द्वन्द्व निर्देशन रहने फिल्मका प्रोडक्सन डिजाइन सुवासराज काफ्ले हुन् ।

फिल्म ‘११ः५५’ मा ६ व्यक्तिको कथा देखाइनेछ । ३५ दिनको सेड्युल सहित फिल्म सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर