तराई क्षेत्रमा चिसो बढ्नाले जनजीवन प्रभावित

काठमाडौं । तराई क्षेत्रमा विगत दुई दिनदेखि चिसो बढेको छ । चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ । रौतहटमा शीतलहरका कारण बढेको चिसोले गर्दा शनिबार बिहनदेखि हुस्सु लागेको छ। अन्य दिनको तुलनामा आज शनिबार बिहान जाडो बढेर लगातार शित खसेको छ ।

शनिबार मध्यान्हपछि चिसो स्याँठसमेत चलेपछि जाडोले जनजीवन नराम्रोसँग प्रभाबव्त भएको छ। चिसोका कारण राजमार्गमा सार्वजनिक र निजी सवारीसमेत कम चलेको रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सरकारी कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति न्यून देखिएको छ । यसैबीच अत्यधिक चिसो बढेपछि जिल्ला प्रशासन कर्यालय रौतहटले सावधान भएर बस्न अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर