सांसद सिंहद्वारा एनसेलको सेयर बिक्री रोक्न रिट दायर

काठमाडौं ।  एनसेलको सेयर बिक्री रोक्न माग गर्दै सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। स्वतन्त्र सांसद सिंहले नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा सेयर खरिद–बिक्री भएको दाबी गर्दै उक्त कारोबारलाई मान्यता नदिन सर्वोच्चमा रिट दायर गरेका हुन्।

रिटको सुनुवाइका लागि मंसिर २४ गते पेसी तोकिएको छ। एनसेलको ८० प्रतिशत सेयर स्वामित्व रहेको रेनोल्ड होल्डिङ्सलाई बेलायतमा केही महिनाअघि मात्र दर्ता भएको कम्पनीले किनेको हालै सार्वजनिक भएको छ। मलेसियाली कम्पनी आजियाटाले नेपालमा लगानीको वातावरण नभएको जनाउँदै बाहिरिएको घोषणा गरेको छ।

कर छल्ने र सरकारीकरण हुन नदिने उद्देश्यले यो कारोबार गरिएको भन्दै संसदीय समितिहरूमा पनि यस मामिलामा प्रश्न उठाइएको छ। सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय अध्ययन समिति बनाएको छ। यही विषयमा परेको रिटमा पाटन उच्च अदालतले बिहीबार मात्र तत्काल सेयर बिक्री रोक्न अन्तरकालीन आदेश दिइसकेको छ। उक्त रिटमा सुनुवाइपछि न्यायाधीश पुरुषोत्तम ढकालको इजलासले कारण देखाउ आदेश जारी गर्दै मंसिर २५ गते दुवै पक्षलाई छलफलमा झिकाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर