बलिउड अभिनेता जुनियर महमूदको निधन

काठमाडौं ।  बलिउड अभिनेता जुनियर महमूदको निधन भएको छ । चौथो चरणको पेटको क्यान्सरबाट पीडित महमूदको उपचारका क्रममा ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । उनी मुम्बईको परेलस्थित टाटा मेमोरियल अस्पतालमा उपचाररत् थिए ।

महमूदका छोरा हसनेनले बुवाको निधनबारे पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता महमूदले हाथी मेरे साथी, मेरा नाम जोकर, हरे राम, हरे कृष्णलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए । उनले अभिनय गरेको हरे राम, हरे कृष्ण फिल्म नेपालमा पनि छायाँकन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर