यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं । यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै पूरा गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा पूरै विकेट गुमाएर १५२ रन बनाएको थियो। पाकिस्तानले उक्त लक्ष्य ३ विकेट गुमाउँदै पूरा गरेको छ। लक्ष्य भेटाउने क्रममा पाकिस्तानका ब्याटर अजान आविसले अविजित ५६ रन बनाए भने अर्का ब्याटर शाद वागले ५० रनको योगदान दिए।

नेपालका लागि उत्तम थापा मगरले अर्धशतकीय पारी खेले। उनले नेपाली ब्याटिङ लाइन धर्मराएको समयमा इनिङ उकास्दै अर्धशतक बनाएका थिए। त्यसअघि ओपनर अर्जुन कुमाल ३७ बलमा २१ रन बनाएर आउट भएका थिए। उनी मोहम्मद जीसमको बलमा विकेटकिपर साद बागबाट क्याचआउट भए। नेपालका लागि दिपेश कँडेलले महत्त्वपूर्ण ३१ रनको योगदान दिए। उनले २ चौका र १ छक्काको मद्दतमा ५९ बलमा ३१ रन बनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर