नागढुंगाबाट दुई किलो सुन बरामद, ३ जना पक्राउ

काठमाडौं । प्रहरीले नागढुंगाबाट २ केजी सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंबाट खटिएको टोलीले नागढुंगाबाट दुई किलो सुन बरामदसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोही ठाउँका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कर्पियो गाडीबाट उक्त सुन फेला परेको हो । गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट आएको १४ किलो सुन बरामद भएको थियो । (तस्बिरः प्रतीकात्मक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर